कुन दिशामा फर्किएको घर शुभ हुन्छ ?

घर मानिसको जीवनको ठूलो लगानी मध्ये एक हो आफ्नो सपनाको घरलाई वास्तविक जीवनमा पाउनको लागि धेरै कुराहरुमा सावधानी अपनाउन पर्छ जसमध्ये घरको मोहडाको उत्तम दिशा छनौट गर्नु पनि एक हो

घरको मोहडा (मूख्य प्रवेश) कुन दिशा तर्फ फर्काएर बनाउँने भन्ने बिषय उक्त जग्गामा जोडिएको बाटोमा निर्भर हुन्छ तर पनि, आफ्नो घर सुख,शान्ति र सकारात्मकताले भरिपूर्ण होस् भन्ने चाहनुहुन्छ भने, घरको मूख्य प्रवेशको दिशालाई वास्तु अनुसार मिलाउनु पर्ने हुन्छ

वास्तु शास्त्र अनुसार पूर्ब दिशा तर्फ मूख्य प्रवेश भएको घरलाई सर्वोत्तम मानिन्छ यस दिशामा फर्किएको  घरमा बिहानको सूर्यको किरण मूल ढोका हुँदै घरमा प्रवेश गर्न पाउँछ र प्रकाशसंगै घरभित्र सकारात्मक उर्जा पनि प्रबाह हुन्छ दक्षिणमुखी घरलाई पनि शुभ मानिन्छ यस्तो घरमा लामो समयसम्म घाम लाग्छ तसर्थ, घरमा न्यानो र उज्यालो पनि हुन्छ साथै, उत्तर पश्चिम मोहोडा भएको घरमा स्वास्थ्य, धन, सम्पति, इज्जत र सम्मानको वृद्धिमा सकारात्मक भूमिका हुन्छ दक्षिण-पूर्ब दिशाको घरमा रोग, रिस, डाहा, मुद्दा मामिला आदिको भय हुनसक्छ दक्षिण-पश्चिम दिशातर्फ फर्केको घर त्यति राम्रो मानिदैन यस्तो घरमा दुख, संघर्ष, संकट आउने सम्भावना हुन्छ

आज हामीले Which is the best direction for home entrance को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.