घरको रिनोभेसन गर्नु अघी के के कुरामा ध्यान दिने ?

पुराना घर भत्काएर नयाँ घर बनाउन धेरै खर्च र समय पनि लाग्ने हुन्छ । यसको बिकल्पमा भईराखेको घरलाई मर्मत सम्भार गरेर नयाँ घर जस्तै बनाउनु घर रिनोभेस हो ।

घरको मूल्य बढाउँन होस् या बसोबासको गुणस्तर माथि उकास्न, घरको Renovation अर्थात् पून: निर्माण गरिन्छ । विभिन्न Renovation परियोजनाहरूले विभिन्न लक्ष्यहरूलाई प्राथमिकता दिन्छन । जुन ठूलो निर्णय र चुनौतीपूर्ण काम पनि हो ।

घरमा नया रंगहरु थप्नु, कोठाहरुको स्तरवृद्धि तथा परिवर्तन गर्नु, घरको मर्मत सम्भार गर्नु आदि Renovation कामहरु गर्नु अघी उक्त कार्यलाई सहज पार्नका लागि बिचार गर्नु पर्ने धेरै कुराहरु छन् ।

Renovation सम्बन्धि योजना बनाउनु महत्वपूर्ण छ । Renovation कार्य गर्दा पहिला कुन कामबाट थालनी गर्ने र कुन क्रममा गर्दै जाने भन्ने विषयमा निश्चित गर्नुपर्दछ ।

सर्वप्रथम त, घरमा संरचना थप तथा परिवर्तन गर्नको लागि तपाइँले सम्बन्धित स्थानीय निकाय वा नगरपालिकाबाट अनुमति लिनुपर्छ । यस क्रममा आफ्नो पुरानो घरको जग देखि छतसम्म सम्पूर्ण संरचनागत प्राविधिक कुराहरु अनुभवी इन्जिनियर बाट चेकजाँच गराउनु पर्दछ । यदि पहिले बनाएको घर धेरै पुरानो भइसकेको छ भने Structure ले भार वहन गर्न सक्ने-नसक्ने निर्णय गर्न अनुभवी स्ट्रक्चरल इन्जिनियरसँग परामर्श लिनु धेरै लाभदायक हुन्छ । 

बजेट अर्को महत्वपूर्ण पक्ष हो । आफूले बनाएका योजना अनुसार लाग्न सक्ने लागतको अनुमान लगाउन सकिन्छ । यसको लागि मार्केटमा उपलब्ध आवश्यक सामग्रीको मूल्य बुझेर वा घर निर्माणसंग सम्बन्धित प्राबिधिक वा Architecture मार्फत नक्सा निर्माण तथा Analysis गर्नु जरुरि छ ।

बजेट निर्धारण गर्दा अतिरिक्त खर्च र आपतकालीन अवस्था आउदा हुन् सक्ने खर्च पनि ख्याल राख्नु पर्छ । सबैभन्दा सुरक्षित विकल्प भनेको आफ्नो परियोजना सुरु गर्नु अघि घर नवीकरणको लागि आवश्यक पर्ने सबै पैसा जम्मा  गर्नु हो । 

टिकाउ, उच्च-गुणस्तरका सामग्रीहरू चयन गर्नुपर्छ । प्रतिकुल मौसम, अनुभबी, दक्ष डिजाईनर र ठेकेदार छनौटमा ध्यान दिनुपर्छ ।

यसभन्दा पहिला घर निर्माण तथा renovation गरिसकेका व्यक्तिहरुसंग पनि सोधपुछ गर्न सकिन्छ । 

घर पून:निर्माण गर्दा बालबच्चा, वृदा, घरपालुवा जनावर र घरमा भएका फर्निचर लगायत अन्य सामग्रीको ब्यबस्थापन विशेष ध्यान दिनुपर्छ।

आज हामीले What to pay attention to before renovating the house? को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.