भान्छाकोठामा Kitchen Triangle के हो ?

भान्छाकोठामा अत्याधिक प्रयोग हुने मुख्य ठाउँ Stove,Fridge र Sink हो यी तीन ठाउँको बिन्दुहरुलाई जोड्दा हुने काल्पनिक त्रिकोणीय रूपरेखा नै kitchen triangle हो भान्छाकोठाको Remodeling होस् वा नयाँ भान्छाको निर्माण, यीनै तीन क्षेत्रको ख्याल गरी प्रभावकारी, व्यवहारिक र सुविधाजनक भान्छाको लागि Kitchen Triangle को design गरिन्छ  

यसले भान्छालाई थप आकर्षक पनि बनाउँछ सानो भान्छामा काम गर्दा खाना पकाउन, भाँडाहरू सफा गर्न र सामानहरूको भण्डारण गर्न सहजता प्रदान गर्दछ भान्छामा आवश्यक पर्ने सामानहरु नजिक-नजिक पाउन सकिन्छ साथै, दुर्घटनाको जोखिम पनि कम हुन्छ Kitchen Triangle को बीचमा अवरोध आउने खालका सामग्री तथा कुनैपनि Furniture राख्ने हो भने काममा बाधा सिर्जना हुनसक्छ यो कुरालाई विशेष ध्यान दिनुपर्दछ

तर, ठूलो क्षेत्र भएको भान्छामा Kitchen Triangle त्यति प्रभावकारी हुँदैन किनकि, Stove, Fridge र Sink  लाई Triangle shape मिलाएर राख्दा एक अर्काबाट टाढा-टाढा दुरीमा पर्न जान्छन् Kitchen Triangle को अवधारणा अनुसार भान्छाकोठाको Design गर्दा दुई सामग्री बीचको दूरी कम्तीमा चार फिट र धेरैमा नौं फिट सम्म टाढा हुनु पर्दछ भान्छाकोठामा एकै समयमा धेरैजना बसेर काम गर्दा असहज हुन सक्छ Kitchen Triangle एकजना Cook को लागि अनुकूल छ

आज हामीले What is Kitchen Triangle in Modular Kitchen?को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.