निर्माण सामग्रीको महंगीले घर निर्माणमा पारेको प्रभाब !

नेपालमा गत वर्ष निर्माणका कामहरु सुस्त भएका कारण निर्माण सामग्रीको मूल्य पनि घटेको थियो पछिल्लो छ महिनाको अवधिमा घर बनाउनका लागि अति नै आवश्यक पर्ने कच्चा पदार्थहरु (निर्माण सामग्रीहरु) डन्डी , बालुवा, सिमेन्ट, गिट्टी आदिको मूल्यमा निरन्तर वृद्धि भइरहेको र अन्य सामग्रीहरु काठका furniture, रङरोगन, झ्यालढोका, tile, marble आदि कम्पनीहरुले पनि आफ्नो कम्पनी र ब्रान्ड अनुसार मनोमानी ढंगले मूल्य बढाइरहेका छन्

लामो समयको Lockdown र निषेधाज्ञा पछि घर बनाउन रोकिएको कामहरु भटाभट सुरु हुन थालेका छन् यसले पनि निर्माण सामग्रीको मूल्य उच्च विन्दुमा पुगेको अनुमान लगाउन सकिन्छ

 अन्य सामग्रीको तुलनामा डन्डीको उत्पादन भन्दा माग धेरै बढी भएका कारण पनि यसको मूल्य करिब चालीस देखि पचास प्रतिशतले वृद्धि भएको अनुमान छ

हिजोआज डिजल, पेट्रोलको मूल्य निकै नै आकाशिदै गएको छ यसले निर्माण सामग्रीको ढुवानी खर्चमा धेरै असर पारेको छ ढुवानीमा हुने खर्चलाई नियन्त्रण गर्नका लागि उपभोक्ताले आफ्नो नजिकको पायक पर्ने Market तथा उद्योगबाट सामान खरिद गर्ने हो भने केही सहज हुनेछ

एकातिर निर्माण सामग्रीको मूल्य उकालो लागिरहेको र अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाबाट पनि कर्जा प्रवाह हुन् नसकेको अवस्थामा घर बनाउने व्यक्तिहरु धेरै नै प्रभावित बनेका छन्

तसर्थ, यतिबेला वर्षा याम पनि सुरु भैसकेको छ तात्कालिन समयमा घर बनाउने योजना भएका लगानीकर्ताहरुले घर बनाउनुको सट्टा जग्गा किनेर राख्नु र घर बनाउन केही समय कुर्नु उपयुक्त हुन्छ । साथै, यो समयमा नयाँ घर निर्माण गर्नु भन्दा बनिसकेको घर खरिद गर्नु झन् फाईदाजनक देखिन्छ ।

 यतिबेला वर्षा याम पनि सुरु भैसकेको छ सामान्यतया तीन देखि चार / पाँच महिनासम्म वर्षा हुन्छ तसर्थ, वर्षाको समयमा घर बनाउन सुरु गर्नुलाई त्यति राम्रो मानिँदैन पानी परेको बेलामा कामहरु रोकी राख्नु पर्ने भएकोले निर्माण कार्यले गति लिन सक्दैन यसरी बार-बार काम रोकिनाले निर्माण सम्पन्न हुने समयको वृद्धि भई घरको लागतमा पनि वृद्धि हुनसक्छ घर बनाउन सुरु गरिसकेका लगानीकर्ताले आफ्नो आवश्यकता अनुसारको क्षेत्रफल भएको घर बनाउनु राम्रो हुन्छ यसबाट घरको लागत वृद्धि र आर्थिक संकटबाट केही मुक्त हुने प्रष्ट देखिन्छ

निर्माणकर्ताले प्रयोग गरेका सामग्रीको गुणस्तरबाट पनि घर बनाउँदा हुने खर्चलाई नियाल्न सकिन्छ तर पनि व्यापारी र उत्पादक कम्पनीको लापर्बाहीका कारण पनि मूल्य निकै नै बृद्धि भइरहेको छ यसको लागि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरेर उपभोक्तालाई सहज बनाउनुपर्ने देखिन्छ

आज हामीले Impact of expensive construction materials on house construction! को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.