थाहा पाउनुहोस्, घरमा ऐना राख्ने उत्तम स्थान !

वास्तुशास्त्र अनुसार, परिवारको खुशी, सम्पन्नता र मानसिक शान्तिका लागि घरमा ऐनाको स्थान मिलाउनु जरुरी छ ऐनाले पानी तत्वलाई जनाउँछ ऐना राखेपछि यस अगाडि वस्तु परावर्तित हुन्छ तसर्थ, घरमा आउने सकारात्मक ऊर्जाहरुलाई वृद्धि गर्न ऐनाको महत्वपूर्ण भूमिका हुन्छ । 

सुरुमा कुरा गरौं,  ऐनाको आकारका बारेमा

 वर्गाकार, आयताकार वा नियमित आकार भएका ऐनाहरूको प्रयोग गर्नुपर्छ ऐनालाई bathroom र wash basin हरु सँग आवश्यकता अनुसार राख्न सकिन्छ आजभोलि घरको interior design गर्दा विभिन्न काल्पनिक ऐना तथा तस्बिरहरु को प्रयोग गर्ने चलन  बढ्दो छ पानी तत्वसँग सम्बन्धित भएकोले घरको उत्तर-पूर्वी कुना (इशान कोण) मा ऐना राख्नु निकै नै फाइदाजनक हुन्छ यसबाट परिवारका सदस्यहरूको ज्ञान, विवेक र सोच्ने क्षमता वृद्धि हुने वास्तुशास्त्रमा उल्लेख छ यसैगरी घरको उत्तर भित्तामा ऐना राख्दा सामाजिक प्रतिष्ठा राम्रो रहने  बताइएको छ । 

घरको पश्चिम र दक्षिण पश्चिम भित्ताहरूमा ऐनाको प्रयोग गर्नु खासै उपयुक्त मानिँदैन यदि ऐना राख्नै परेमा काठको Frame बनाएर राख्नु उत्तम हुन्छ उत्तर र उत्तर-पश्चिम भित्ताहरुमा भने काठको सट्टा metal को frame मा ऐना राख्नु उत्तम मानिन्छ । 

सुत्ने कोठामा ओछ्यानबाट देखिने गरी ऐना राख्नु उपयुक्त मानिँदैन यदि राख्नै भए यसलाई पर्दाले वा अन्य केहीले ढाकेर राख्ने काम भएको बेला मात्र प्रयोग गर्ने गर्नुपर्दछ यदि सुत्ने कोठामा ऐना राखेमा स्वास्थ्यसँग सम्बन्धित समस्याहरु आउने र शान्तसँग सुत्न नसकिने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ । 

 घरको dining hall मा ऐनाको प्रयोग गर्न सकिन्छ यहाँ राख्दा पूर्वी भित्तामा राख्नु उपयुक्त हुन्छ साथै, ऐनामा धेरैजसो खानेकुराहरू परावर्तन हुनेगरी राख्न सकेमा घरमा खाद्यान्नको अभाव नहुने विश्वास छ । 

पढ्ने कोठाको उत्तर-पूर्वी कुनामा ऐना राख्नु निकै नै फलदायी हुनेछ यहाँ राख्दा किताबहरू भने परावर्तन हुँदैन केहि सुन्दर तस्बिरहरु परावर्तन हुनेगरी ऐना राख्नु राम्रो हुन्छ । 

वास्तुशास्त्र अनुसार, घरको त्यस्तो कोठा वा ठाउँ, जहाँ हामी बहुमुल्य गरगहना, पैसा, बैंकको check आदि ठाउँमा भने सम्भव भएसम्म सबै दिशाका भित्ताहरुमा ऐना राख्न सकेमा धन सम्पति तथा गरगहना सोहीअनुसार बढ्दै जाने विश्वास छ । 

कहाँकहाँ ऐना नराख्ने ?

  •  घरको मूल ढोकाको अगाडि वा पछाडि (घरमा हुन सक्ने अवसरहरु गुम्न सक्छ)
  •  सुत्ने कोठामा ओछ्यानको अगाडि (थकान महसुस हुन्छ)
  • भान्सा कोठाको gas stove अगाडि (परिवारका सदस्यहरु बीच सम्बन्ध बिग्रन सक्छ)
  • ट्वाइलेटको अगाडि (खर्च बृद्धि हुनसक्छ)
  •  घरको दक्षिण र दक्षिण पश्चिमी भित्ताहरूमा (यदि राखेमा व्यापार-व्यवसाय डुब्न सक्छ)
  •  पूजा कोठाको मन्दिरको अगाडि
  •  घरका कोठाहरूको सिलिङमा

आज हामीले Find out!Great place to keep a mirror at home को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.