घर बनाउदा गिट्टीको छनौट कसरि गर्ने ? निर्माण स्थल मै यसरि चेक गर्न सकिन्छ !

घर बनाउदा गिट्टीको छनौट कसरि गर्ने ? How to choose (Aggregate) when building a house ?  कहिल्यै ध्यान दिनुभएको छ, घर ढलानमा प्रयोग भएको गिट्टी वा रोडा (Aggregate) कति गुणस्तरीय छ भनेर ? विस्तृत विवरणका लागि त प्रयोगशालामा यसको चेकजाँच नै गराउनुपर्छ र त्यो केही खर्चिलो बन्न जान्छ । केही यस्ता  सामान्य विधिहरु छन् । जसबाट यसलाई हेरेर, छामेर र पानीमा भिजाएर निर्माणस्थलमै यसको गुणस्तर तपाईं आफैंले सजिलै थाहा पाउन सक्नुहुन्छ । हामी यिनै सरल विधिहरुका बारेमा चर्चा गर्दैछौं ।

सर्वप्रथम कुरा गरौँ  गिट्टीको  बाहिरी सतहका बारेमा  मुलायम होइन, बाहिरी सतह खस्रो भएका गिट्टीहरु ढलानका लागि राम्रो मानिन्छ । त्यसैगरी, घनाकार (Cubical) र कोणीय (Angular) आकारका गिट्टीहरु प्रयोग गरेमा सिमेन्टसँग यसको बन्धन (Bond) बलियो  हुन गई ढलानलाई मजबुती प्रदान गर्छ । गोला, लाम्चा र पातला गिट्टीहरूको  प्रयोगले ढलान बलियो हुँदैन । त्यसैले यस्ता गिट्टीको प्रयोग नगर्नु उत्तम हुन्छ ।

गिट्टी फरक-फरक आकारमा उपलब्ध  हुन्छन् । सामान्यतया घर बनाउनका लागि १० देखि २० एम. एम. सम्मका आकारका गिट्टीहरु प्रयोग गरिन्छ । २० एम. एम. र  १० एम. एम.का गिट्टीहरु ६०:४०  वा ७०:३० को अनुपातमा प्रयोग गर्न सकेमा ढलानमा राम्रोसंग ढलान जान्छ । त्यसभित्र छिद्रहरू (Voids) रहने  सम्भावना कम हुन्छ । जसले घरको ढलान बलियो बनाउँछ ।

त्यसैगरी गिट्टीमा धुलो र अन्य जैविक-अजैविक अनावश्यक पदार्थहरु (Impurities) को मात्रा ५ प्रतिशतभन्दा कम छन् भने मात्र निर्माण कार्यमा प्रयोग गर्न सिफारिस गरिन्छ । बाहिरी सतहमा टाँसिएका त्यस्ता पदार्थहरु गिट्टीलाई हातमा लिएर पनि  चेक गर्न सकिन्छ । सो क्रममा हातमा  धुलो लागेको वा नलागेको  हेरि निर्णय गर्न सकिन्छ । त्यसैले घरमा प्रयोग हुने गिट्टीहरु बाहिरबाट हेर्दा पनि सफा देखिनुपर्छ ।

घरमा प्रयोग गरिने गिट्टीले धेरै पानी सोस्नु राम्रो मानिँदैन । यसलाई यसरी चेक गर्न सकिन्छ । कुनै निश्चित मात्रामा गिट्टीको तौल लिएर त्यसलाई २४ घण्टा पानीमा डुबाएर पुनः तौलिएर हेर्दा पहिलेको तौलभन्दा 10 प्रतिशत भन्दा बढी तौल भएमा पनि त्यसलाई घर निर्माणमा प्रयोग गर्न सिफारिस गरिँदैन  ।

घरमा प्रयोग गरिने गिट्टीका अन्य विशेषताहरु थाहा पाउन यसलाई प्रयोगशालामा नै परीक्षण गराउनुपर्दछ वा अनुभवि इन्जिनियरको  सल्लाहमा निर्णय लिन सकिन्छ  ।

आज हामीले How to choose (Aggregate) when building a house को बारेमा जानकारी दियौं ।यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.