निर्माण कम्पनीलाई घर बनाउने जिम्मा दिँदा के फाईदा हुन्छ ?

निर्माण कम्पनीहरुले घर निर्माणको मात्र नभई निर्माण पछिका ग्यारेन्टी र सेवाहरुमा पनि सुबिधा दिन्छन यस्ता कम्पनीहरुले निर्माणकै समयमा र निर्माण पछि पनि घरमा आउने समस्याहरु, मर्मत सम्भार गर्ने जिम्मा दिएका हुन्छन निर्माण कम्पनीले घर बनाउन लाग्ने अनुमानित आवश्यक सामाग्रीहरु तय गर्ने जिम्मा घर बनाउनु अघि नै गरेक हुन्छन यसबाट निर्माण सामाग्री खेर जाने समस्या आउदैन     

घर निर्माणसंग सम्बन्धित कामको रेखदेख र निरिक्षणको जिम्मा कम्पनीलाई दिने हो भने घरधनीले आफ्नो समय जागिर, ब्यापार वा घर बाहिरको काममा लगाउन सक्नुहुन्छ घर निर्माण सुरु भएदेखि सम्पन्न नहुदासम्म निर्माणकर्ता आफैले सबै सामग्रीहरु जोड्न र त्यसको निरिक्षण गर्न धेरै समय खर्च हुन्छ आफ्नो समय र लगानीको उचित प्रतिफल लिन चाहनेहरुले निर्माण कम्पनी मार्फत घर बनाउन दिंदा महँगो त् पर्छ नै तर घरको गुणस्तर कायम रहन्छ र घर बनाउने झन्झटिलो काम सरल बन्छ । 

दर्तावाला निर्माण कम्पनीलाई नै जगदेखी finishing सम्मका काम दिनु उचित हुन्छ स्थानिय स्तरमा उपलब्ध ठेकेदारहरुलाई कामको अनुभब त् हुन्छ, तर प्राबिधिक ज्ञानको कमि हुने सम्भावना हुन्छ कतिपय ठेकेदार, मिस्त्री स्वयमलाई राम्रोसंग नक्सा हेर्न, बुझ्न र पढ्न नआउन सक्छ नक्सामा भए अनुसारको घर निर्माण गर्न निर्माण कम्पनीले धेरै सहयोग गर्दछ

निर्माण कम्पनीको प्राबिधिक मार्फत निर्माणसंग सम्बन्धित सम्पूर्ण कुराहरु प्रत्यक्ष छलफल गरि निर्माण सामग्रीको गुणस्तर मापन, नक्सा हेर्न र बुझ्न, गुणस्तरीय निर्माण सामाग्री को चयन र उच्चतम प्रयोग , घर निर्माण गर्न लाग्ने अनुमानित लागत, आदि प्राबिधिक कुराहरु थाहा पाउन सकिन्छ

 

सबै निर्माण कम्पनीले राम्रोसंग काम गर्छन भन्ने बिश्वास पनि हुदैन तसर्थ पहिले सम्पन्न भईसकेको काम र घरधनिसंग सोधपुछ गरि कम्पनीको बारेमा बुझ्न सकिन्छ । निर्माण कम्पनीसंग घर बनाउने सम्झौता गरि काम गर्दा निर्माणको क्रममा हुन् सक्ने बिबादबाट पनि बच्न सकिन्छ

निर्माण कम्पनीहरु पनि अनुभबी भएको हुनुपर्छ निर्माण कम्पनी जिम्मेबार र ब्यबसायिक हुनु जरुरि हुन्छ यस्ता कम्पनिहरु जिम्मेबार नभएको खण्डमा समयमै काम नसकिने, घर बनाउन लाग्ने रकम भन्दा कम वा बढी लिने खालका पनि हुन्छन यसमा भने आफै सचेत हुनुपर्छ

आज हामीले What is the benefit of entrusting the construction company to build a house? को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

                                                                             

Leave comment

Your email address will not be published. Required fields are marked with *.