खोलाको बालुवा  VS क्रसरको बालुवा !

क्रसरको बालुवा खोलाको  बालुवा
ठूला चट्टानहरुलाई टुक्राएर कारखानामा बनाइन्छ र पछि क्रसरको सहायताबाट बालुवामा परिणत गरिन्छ । प्राकृतिक रुपमा उपलब्ध हुन्छ र ठूला खोलानालाबाट निकालिन्छ ।
यो मानव निर्मित भएकोले एउटै र नियमित आकारको छ । तसर्थ, निर्माणकार्यमा धेरै खेर जान पाउँदैन।   एउटै आकारको नहुँदा प्रयोग गर्नु अघि छान्नुपर्ने हुन्छ । तसर्थ, केही खेर भनी जान्छ ।
जम्ने समय कम हुन्छ, छिटो जम्छ । जम्ने समय सामान्य हुन्छ ।
 Silt लगायत अन्य विभिन्न आकारका चिजहरु मिसिएको हुँदैन ।  Silt लगायतका विभिन्न आकारका अन्य चिजहरु पनि मिसिएको हुनाले धोएर र छानेर मात्र प्रयोग गर्नुपर्छ ।
बलियो पना बढी हुन्छ । तसर्थ,काम गर्न पनि गाह्रो हुन्छ । क्रसरको बालुवा भन्दा कम बलियो हुन्छ । यसको कार्यक्षमता र काम गर्न सजिलो हुन्छ ।
नियन्त्रित वातावरणमा भित्र बन्ने भएकोले गुणस्तर राम्रो हुन्छ । क्रसरमा अपनाइने  विधिहरुमा भने ध्यान दिनुपर्छ । फरक-फरक गुणस्तरमा पाइन्छ । क्रसरको बालुवा भन्दा कम गुणस्तरीय नै मानिन्छ ।
निर्माण स्थल नजिकै पनि बनाउन सकिन्छ । तसर्थ, ढुवानी लगायतका कामहरु सहज हुन्छ । खोलाबाट नै ल्याउनुपर्ने भएकोले ढुवानीमा केही बढी कठिनाई हुन्छ ।
खस्रा र नमिलेका कणहरु भएको सतह हुनेभएकोले concrete बलियो बनाउनका लागि राम्रो आकारको बालुवामा मानिन्छ । यस सतहहरु मुलायम र गोलो हुन्छन्। जसले गर्दा कणहरु को बिचमा पानी पनि रहेको हुनसक्छ ।
वातावरणका लागि त्यति धेरै हानिकारक हुँदैन । खोलाबाट निकालिने भएकोले खोलाको पानीको सतह लगायतमा असर पर्न गई वातावरणलाई समेत असर पर्दछ ।
बालुवाका कणहरु बीचमा पानी हुँदैन । concrete mix गर्दा तुलनात्मक रुपमा धेरै पानी खपत हुन्छ । बलुवाका कणहरुको बिचमा पानी रहने हुनाले concrete mix गर्दा ध्यान दिनुपर्छ । क्रसरको बालुवाको तुलनामा कम पानीमा  concrete बनाउन सकिन्छ ।
यसलाई ढलानको काममा र इटाको वाल लगाउने कामहरुमा प्रयोग गर्नु उपयुक्त हुन्छ । plaster, waterproofing को काममा क्रसरको बालुवा प्रयोग गर्नु उपयुक्त मानिँदैन । यसलाई जहानको काममा Brick wall लगाउने काममा र  plaster काममा समेत प्रयोग गर्नु उपयुक्त मानिन्छ ।

आज हामीले River Sand VS Crusher Sand को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.