नयाँ घर निर्माण गर्दा यी कुराहरुमा ध्यान दिन नभुल्नुहोस !

घर निर्माण कार्यमा सफलता पाउनको लागि बजेटको ठूलो भूमिका हुन्छ घर बनाउदा लाग्ने लागतलाई घटबढ पार्नको लागि निर्माण सामग्रीको छनौट, जग्गाको प्रकार, सामानको गुणस्तर, मजदुरको किसिम, प्राबिधिक डिजाइन, घर बनाउन लाग्ने समय, यातायात आदिले प्रभाब पार्छ तसर्थ, आज हामी घर बनाउदा हुने खर्च कसरि कम गर्न सकिन्छ, भन्ने बारेमा उपयोगी टिप्सहरुको चर्चा गर्दै छौँ जुन, हजुरको लागि महत्वोपूर्ण हुन् सक्छ

  1. सर्बप्रथम आफुले चाहेको घर बनाउन पुग्ने बजेट भएपछि मात्र घर बनाउने योजना तय गर्ने
  2. जग्गा खरिद गर्दा` सुबिधा सम्पन्न क्षेत्र जस्तै बजार क्षेत्र नजिक रहेको, यातायातको सुबिधा पुगेको ठाउँको जग्गा लिने    जग्गाको आकार नियमित हुनुपर्छ भिरालो  जग्गा  सकेसम्म  नकिन्ने, भिरालो  जग्गा हुदा  कट्टिङ्ग फिल्लिंग  (Cutting and   Filling) गर्नु पर्ने झन्झट हुन सक्छ जसले धेरै खर्च उठाउछ
  3. कस्तो जग्गामा घर बनाउने हो? उक्त जग्गाको माटो परिक्षेण गर्नु जरुरि हुन्छ अनि मात्र जग्गामा भएको माटोको प्रकृति अनुसार कति तल्लाको घर बनाउने भन्ने निर्णय गर्ने
  4. घरको नक्सा इन्जिनियर डिजाईन (Engineer Design) अनुसार बनाउने  नक्सा फेरबदल गर्दा घर बनाउने समय लागत दुवै बढ्छ घरको नक्सा तयार गर्दा नियमित आकारको बनाउने, कोठाहरु पनि चारपाटे निर्माण गर्ने, यसबाट पनि खर्च कम गराउन सकिन्छ
  5.  घर निर्माण सुरु भएदेखी  अन्त्यसम्म अनिबार्य  रुपमा प्राबिधिकबाट नियमित निरिक्षेण गर्नुपर्छ घरको  ढलानमा प्राबिधिकले दिएअनुसारको मसला प्रयोग गर्ने नक्सामा उल्लेख  गरिएको मापदण्डलाई  पालना गरेर घर निर्माण गर्दा बाहिरी अनावश्यक खर्च बाट बच्न सकिन्छ
  6. नियमभित्र रहेर समयमै काम सम्पन्न गर्ने  अनुभबी तथा इमान्दार  ठेकेदारलाई काम  दिने, काम दिनु अघि उक्त ठेकेदारले गरेको काम कति सफल भएको   बुझ्न  जरुरि हुन्छ  काम गर्न सिपालु मिहिनेती कामदार छान्ने यसबाट  काम कम गर्दा गल्ति हुने सम्भावना थोरै हुन्छ  साथै सामान पनि खेर जादैन जसले समयमै काम सक्न मद्दत गर्छ
  7. स्थानीय निर्माण सामाग्रीको प्रयोग गर्ने जसले सामानको मूल्य कम पर्न सक्छ  सामान खरिद गर्दा नजिकको मार्केटबाट नै खरिद गर्ने यसबाट यातायात खर्च कम लाग्छ
  8. घरको सम्पूर्ण लोड (Load) बिम (Beam) र पिल्लर (Pillar) हुदै जग (foundation) सम्म पुग्ने भएकोले घरको भित्रि तथा बाहिरी वालमा  लोडको  कुनै  असर पर्दैन तसर्थ, सबै वाल चार ईन्चको बनाउने हो भने घरको लागत घटाउन सकिन्छ यधपी, सुरक्षाको दृष्टिले हेर्दा  बाहिरी वाल नौ ईन्चको बनाउदा राम्रो  मानिन्छ
  9. निर्माण सामग्री कुन गुणस्तरको प्रयोग गर्ने अनुभबी प्राविधिकको सल्लाह लिने र सोहि अनुरुप प्रयोग गर्ने तथा एकैनासको निर्माण सामग्री खरिद गर्ने  
  10. घर निर्माण अबधि छोटो  राख्ने दिईएको  समय भित्र मै काम सम्पन्न गर्ने

आज हामीले Don’t forget to pay attention to these things while building a new house को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.