टाइल लगाउँदा ध्यान दिनुपर्ने कुराहरु !

टाइल लगाउने काम धेरै झन्झटिलो र खर्चिलो हुने भएकोले काम गर्दा कुनै गल्ती भएमा पुनः लगाउन  गाह्रो नै हुन्छ । तसर्थ, टाइल लगाउन अगाडि नै केहि कुराहरु ध्यान दिन सकियो भने आउनसक्ने झन्झटबाट मुक्त हुनसकिन्छ टाइल लगाउनु पहिला वा लगाउने समयमा ध्यान दिनुपर्ने आवश्यक जानकारीहरुको निम्नलिखित छन्:

  • सर्वप्रथम टाइल लगाउनु अगाडि अनावश्यक पदार्थहरु हटाएर सतहलाई चिल्लो बनाउने र टाइल  लगाउने सतह (Leveling) मिलाउनु पर्छ यदि सतह नमिलेमा पी.सी.सी (PCC) गर्नुपर्ने हुन्छ  
  •  सतह मिलाएपछि  वा पी.सी.सी गरिसके पछि राम्रोसँग पानीले भिजाउनुपर्छ जसले सिमेन्ट मसलालाई (Cement Mortar)सुख्खा हुनबाट जोगाउँछ  
  •  मसला बनाउँदा सिमेन्ट बालुवाको अनुपात एक:चार अर्थात एक बोरा सिमेन्टमा चार बोरा बालुवा मिलाउनुपर्छ मसलालाई धेरै गिलो बनाउनुहुँदैन  
  • काटेको वा टुक्रा भएको टाइललाई कोठाको छोपिने ठाउँहरू, कुना तिर प्रयोग गर्नु सुन्दरताको दृष्टिले राम्रो देखिन्छ  
  • टाइल लगाइसकेपछि चौबिस घण्टा अर्थात एक दिनसम्म टाइल सतहमा कुनै पनि फोहोर चिजको असर पार्न दिनुहुदैन किनकि, टाइलमा कुनै चिज परेमा टाँसिएर नजाने, दाग बस्न सक्छ तसर्थ, टाइल सतहलाई राम्ररी सफा गरेर अनिमात्र कम्तिमा दसदिन सम्म पानीले भिजाउनुपर्छ 
  • टाइलको जोडाई राम्रोसँग भन्नु पर्दछ जसको लागि टाइल स्पेसरको (Tile Spacer) प्रयोग गरि भविष्यमा आउन सक्ने सिपेज (Seepage) को  समस्यालाई कम गर्न मद्दत गर्छ

आज हामीले Things to pay attention while laying tile को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.