यसरी चेक गर्नुहोस बालुवा को गुणस्तर आफैं !

कम मूल्य, छिटो सजिलोका लागि तपाईंले प्रयोग गर्नुभएको बालुवा कतै गुणस्तरहीन छैन ? अर्डर गर्नुभयोबिक्रेताले  कस्तो बालुवा ल्याइरहेको ? बलियो घरका लागि बालुवाको गुणस्तर पनि राम्रो हुनुपर्छ बालुवाका कणहरु हेरेरै पनि शुद्द वा अशुद्दा अन्दाज गर्न सकिन्छ । आफ्नो एउटा मात्र घरको लागि प्रयोगशालामा लगेर बालुवाको चेकजाँच गराउनु खर्चिलो पर्नसक्छ तसर्थ, निर्माणस्थलमै पनि यसको गुणस्तर थाहा पाउन केही सरल विधिहरू अपनाउन सकिन्छ आज हामी तपाईंलाई यही विषयमा केही जानकारी दिँदैछौं  

निर्माणस्थलमा तपाईं आफै उपस्थित हुन सक्नुहुन्छ भने यी विधिहरु सजिला छन्, तपाईं आफै गर्न सक्नुहुन्छ यदि तपाई आफ्नो घर बनिरहेको ठाउँमा पुग्न भ्याउनुहुन्न   कुनै प्रतिनिधिलाई  खटाउनुभएको भने  उहाँलाई यी विधिहरु अपनाउनका लागि भन्न सक्नुहुन्छ

सर्वप्रथम , बालुवामा नुनिलोपना (Salt) हुनु हुँदैन यो थाहा पाउन हामीले थोरै बालुवा लिएर जिब्रोमा स्वाद लिन सकिन्छ नुनिलोपना भएका बालुवाहरु घर निर्माणमा प्रयोग गर्नु राम्रो हुदैन साथै, यसमा सिल्ट (Silt), क्ले (Clay) जस्ता अनावश्यक पदार्थहरु (Impurities) पनि हुनुहुँदैन बालुवा पूर्ण रूपमा शुद्ध हुन्छ भन्ने छैनतैपनि अनावश्यक पदार्थहरु सम्पूर्ण बालुवाको भागको प्रतिशतभन्दा बढी भने त्यस्तो बालुवालाई निर्माण कार्यमा प्रयोग गर्न सिफारिस गरिंदैन  अलिकति बालुवा हातमा लिएर रगड्ने फ्याक्ने गर्दा हातमा केही पदार्थहरु टाँसिएर बस्छ भने त्यो बालुवामा मिसिएको क्ले (Clay) हो  यसलाई अझै राम्रोसँग चेक गर्नको लागि तल उल्लेखित विधि अपनाउनुहोस

एउटा पारदर्शी  सिसा वा प्लास्टिकको भाँडोमा एक निश्चित मात्रामा बालुवा राख्ने त्यसको लगभग आधा भाग पानी राखेर राम्रोसँग चलाउने त्यसपछि करिब दुई घन्टाजति त्यसलाई नचलाईकन त्यतिकै छोडिदिने त्यसपछि उक्त भाँडोमा बालुवाको माथिल्लो तहमा सिल्ट क्ले को एउटा तह बनेको देखिन्छ अब कुनै मापक (Scale) को सहायताले उक्त तहको मोटाइ नापेर उक्त बालुवामा कति भाग वा कति प्रतिशत अनावश्यक पदार्थहरु (Silt, Clay) रहेछन् भन्ने पत्ता लगाउन  सकिन्छ

बालुवामा अनावश्यक जैविक पदार्थहरु (Organic impurities) को पनि यसैगरी जाँच गर्न सकिन्छ जसका लागि केही कास्टिक सोडाको भने जरुरत पर्छ कास्टिक सोडा पानीको मिश्रणमा बालुवा राखेर चलाउँदा त्यो पानीको रंग खैरो हुन गएमा त्यसमा जैविक अनावश्यक पदार्थहरु भनेर बुझ्न सकिन्छ यस्तो बालुवा घर निर्माण कार्यमा प्रयोग गर्नु राम्रो हुँदैन  प्रयोग गर्ने ठाउँ अनुसार पनि बालुवाको छनोट गर्नुपर्छ सामान्यतया, ढलान   ईंट्टाको वाल (Brick Wall) लगाउने काममा  खस्रो बालुवा प्रयोग गर्नु उपयुक्त हुन्छ भने प्लास्टर लगायतको काममा मसिनो बालुवा प्रयोग गर्नु उपयुक्त हुन्छ

आज हामीले how to check sand quality yourself को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

 

 

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.